हजुरबुवाको हत्या गरेको आरोपमा नाति पक्राउ

पर्सा | मंसिर ११, २०८०

हजुरबुवाको हत्या गरेको आरोपमा नाति पक्राउ

पर्सामा हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ परेका छन्।

 

ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या आरोपमा ३५ वर्षीय कृष्ण खड्का पक्राउ परेका हुन्। खड्का लक्ष्मणको छोरीपट्टीको नाति हुन्। उनलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।


आँगनमा कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले कृष्णसँग लठ्ठी मागेका थिए। सोही क्रममा कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मण उपचारको क्रममा  स्वास्थ्य चौकी ठोरीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

हजुरबुबाको मृत्युपश्चात नाति भागेका थिए। उनलाई नजिकैको जंगलमा लुकेर बसिरहेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ। 

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्